Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


हार्बी वाइन्सिटनलाई कोरोना


0
Shares

काठमाडौं, चैत १० । हलिउडका ‘बादशाह’ भनिने हार्बी वाइन्स्टिनलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

बलात्कार तथा यौन अपराधको अभियोगमा दोषी ठहर भइ न्यूयोर्कको कारागारमा जेल जीवन बिताइरहेका हार्बीलाई कोरोनाभाइरसको संक्रमण भएपछि ‘आइसोलेसन’मा राखिएको छ ।

हार्बी रहेको सोही कारागारका अन्य दुईजना कैदीमा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ ।

बलात्कार तथा यौन अपराधको मामिलामा वाइन्स्टिनलाई गत महिना न्यूयोर्कस्थित अदालतले दोषी ठहर गर्दै २३ वर्षको जेल सजाय सुनाइएको थियो । (एजेन्सी)