काठमाडौं । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनिरहेका बेला यससम्बन्धी जनचेतनात्मक गीत ंलौन आयो के आयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतकार अम्बिका गुरुङका शब्द शृजनामा दीपक शर्माको संगीत रहेको गीतमा ध्रुब बिस्कोको स्वर रहेको छ । गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ ।
राज खड्काको निर्देशनमा तयार भएको भिडियोमा निर्देशक राज र सुरज अधिकारीको अभिनय रहेको गीतमा विष्णु खड्काको सम्पादन तथा विजय लामाको छायांकन रहेको गीतले गरिब दिनदुःखीले यो समस्याबाट कसरी पार पाउलान् भन्ने जन–जनको प्रश्नलाई चोटिलो शैलीमा प्रहार गरेको छ ।
कोरोना भाइरसबारे जनचेतानामूलक पहिलो गीतमा हात धुनेदेखि मास्क लगाएर हिँड्ने र भिडभाडमा जम्मा नहुने नै यो रोगको मुख्य औषधी भएको समेत भिडियोले मज्जाले बोलेको छ ।
?wmode=opaque&theme=dark” frameborder=”0″ allowfullscreen>




प्रतिक्रिया दिनुहोस्