Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


आईपिएल क्रिकेटमा नवप्रवेशी टोली गुजरातको विजयी सुरुवात


312
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ ।

सोमबार भएको खेलमा अर्को नयाँ टोली लखनउ सुपर जाइन्ट्सलाई ५ विकेटले हराउँदै गुजरातले विजयी सुरुवात गरेको हो ।

मुम्बईको वाङ्खडे स्टेडियममा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

गुजरातको जितमा राहुल टेवाटियाले अविजित ४० रन बनाउँदा कप्तान हार्दिक पान्डेयले ३३ रन जोडे । लखनउका दुश्मन्था चामिराले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो । लखनउका लागि दिपक होडाले ५५ रन बनाउँदा आयुस बाडोनीले ५४ रनको योगदान दिए । गुजरातका मोहमद शामीले ३ विकेट लिए ।

जितसँगै गुजरातले आईपिएल क्रिकेटको पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ ।