Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


भक्तपुरमा जिल्लाव्यापी पुरुष पार्क भलिबल प्रतियोगिता हुने


728
Shares

भक्तपुर । भलिबल खेलाडी स्व. केशरबहादुर थापाको स्मृतिमा सुर्यबिनायकमा भक्तपुर जिल्लाव्यापी पुरुष पार्क भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

सुर्यबिनायक युवा क्लव सुर्यबिनायक नगरपालिका–६ र ८ को आयोजनामा स्व. केशरबहादुर थापा स्मृति भक्तपुर जिल्लाव्यापी पुरुष पार्क भलिबल प्रतियोगिता आयोजना गरिन लागेको प्रतियोगिताका संयोजक राजेन्द्र मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिता यहि चैत २३ गतेदेखि २६ गतेसम्म क्लवको खेलमैदानमा आयोजना गरिने छ ।

प्रतियोगितामा सहभागी इच्छुक टिमलाई दर्ता शुल्क ५ सय निर्धारण गरिएको उहाँले बताउनुभयो ।

सुर्यबिनायक क्षेत्रमा भलिबल खेलको सुरुवात गरेका खेलाडी स्व. थापाको सम्मानमा यसपटक क्लबले ‘स्व. केशरबहादुर थापा स्मृति भक्तपुर जिल्लाव्यापी पुरुष पार्क भलिबल प्रतियोगिता–२०७८’ को आयोजना गर्न लागेको क्लवका अध्यक्ष मनोज गिरीले जानकारी दिनुभयो ।

करिब ४ दशकको इतिहास रहेको यस क्षेत्रको भलिबल प्रतियोगिताले जिल्लामा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

पार्क भलिबलमा चार–चार जनाबीच खेल हुनेछ । प्रतियोगिताका विजेता तथा उपविजेतालाई नगदका साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लवका सल्लाहकार विष्णुप्रसाद राजथलाले जानकारी दिनुभयो ।

प्रतियोगिताको अनुमानित खर्च करिब ३ लाख रुपैयाँ रहने आयोजकको अनुमान छ ।