
काठमाडौं । बैंक अफ काठमाण्डू (विओके) र पोखराको रोडहाउस क्याफेबीच सझौता भएको छ ।
सम्झौतामा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
क्याफेले लेकसाइड, पोखराबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधा दिँदै आएको छ ।
हालसम्म बैंकले ९७ शाखा, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्