२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धोनीले छाडे चेन्नाईको कप्तानी, नयाँ जिम्मेवारी रबिन्द्र जडेजालाई


325
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम चेन्नाई सुपर किङ्सका महेन्द्र सिंह धोनीले कप्तानी छाडेका छन् ।

चेन्नाईको सुरुवात देखी कप्तानी गर्दै आएका धोनीले आगामी संस्करणबाट कप्तानी नगर्ने भएका हुन् ।

धोनीको स्थानमा चेन्नाईले रबिन्द्र जडेजालाई नयाँ कप्तानमा नियुक्त गरेको छ । उनलाई चेन्नाईले मेगा अक्सनबाट १६ करोड भारुमा रिटेन गरेको थियो ।

जडेजा सन् २०१२ देखि चेन्नाईबाट आईपीएल खेल्दै आएका छन् । सन् २०१६ र २०१७ को दुई संस्करण चेन्नाइलाई प्रतिबन्ध लाग्दा उनले अन्य फ्रेन्चाइजबाट आईपीएल खेलेका थिए ।

१५ औं संस्करणको आईपीएल मार्च २६ बाट सुरु हुँदै छ । उद्घाटन खेलमा साबिक विजेता चेन्नाईले कलकत्ता नाइट राइडर्ससको सामना गर्ने छ ।

चेन्नाईको इतिहासमा जडेजा तेस्रो कप्तान हुन् । धोनी बाहेक सुरेस रैनाले केहि खेलमा चेन्नाईको कप्तानी गरिसकेका छन् ।

धोनीले चेन्नाईबाट २ सय ४ खेलमा कप्तानी गरेका छन् । धोनीको कप्तानीमा चेन्नाईले ४ पटक उपाधि उचालेको छ ।