
कैलाली । धनगढीमा जारी १९ वर्षमुनिको मुख्यमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलमा गण्डकी र बागमती प्रदेश विजयी भएका छन् ।
पहिलो खेलमा गण्डकीले प्रदेश नम्बर एकलाई १५ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ थालेको उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ४९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो ।
तर, ५० रनको लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको प्रदेश नम्बर एक ३४ रनमै अलआउट भयो ।
दोस्रो खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई १८ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा ४ विकेट गुमाएर १ सय २ रनको चुनौति दियो ।
जवाफी ब्याटिङ थालेको लुम्बिनी १६ दशमलब ४ ओभरमा ८३ रन बनाएर अलआउट हुनपुग्यो ।
नेपाल क्रिकेट सङ्घ(क्यान)को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँचलाख र दोस्रो हुनेले ३ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्तगर्ने छन् ।
प्रतियोगितामा सात प्रदेशका सात टीम सहभागी छन् ।









प्रतिक्रिया दिनुहोस्