५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


समान्था बनिन् सबैभन्दा धेरै पारिश्रमिक लिने दोस्रो अभिनेत्री, कति पारिश्रमिक लिन्छिन् ?


2.171k
Shares


एजेन्सी । दक्षिण भारतीय फिल्मकी सुपरस्टार अभिनेत्री समान्था रुथ प्रभु सबैभन्दा बढी पारिश्रमिक लिने दोस्रो अभिनेत्रीमा गनिएकी छिन् ।

भारतीय संचारमाध्यमका अनुसार दक्षिण भारतीय अर्की अभिनेत्री नयनतारापछि सामान्था दक्षिण भारतको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी हुन् । सामान्थाले फिल्ममा प्रवेश गरेको १२ वर्ष भयो । उनलाई दक्षिण भारतीय फिल्ममा शीर्ष अभिनेत्रीमा गनिन्छ । ‘पुष्पा’ फिल्मको आइटम गीतले उनलाई निकै चर्चामा ल्याएको थियो ।उनले यो ३ मिनेटको गीतमा ५ करोड पारिश्रमिक लिएकी थिइन् ।

सामान्थाले आफूले एक पछि अर्को सफलता पाएपछि आफ्नो पारिश्रमिक बढाएकी छिन् ।भारतीय सञ्चार माध्यामका अनुसार अब उनले एउटा फिल्मको पनि ३ देखि ५ करोड लिने भएकी छिन् । तर, यति महङ्गो पारिश्रमिक दिएर निर्माता ले उनलाई फिल्ममा लिन्छन् या लिदैनन् ? त्यो भने थाहा भएको छैन ।

सामान्था अब आउने फिल्म ‘रानी शकुन्तलम्’ मा देखिने भएकी छिन् । पौराणिक कथामा आधारित यो फिल्मलाई उनका फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । उनले अर्को तामिल भाषाको फिल्म ‘काथुवाकुला रेन्दु काधलमा’ मा काम गरिरहेकी छिन् । समान्था छिटै बलिउडमा पनि प्रवेश गर्दैछिन् ।

सन् २०१० बाट उनले फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनी पछिल्लो समय पती नागा चैतन्यासँगको सम्बन्ध बिच्छेद पछि निकै चर्चामा आएकी थिइन् । उनीहरूले सम्बन्ध बिग्रनुको कारण भने गोप्य नै राखेका छन् ।