
काठमाडौं । दीपिका पादुकोण र ऋतिक रोशन एक साथ देखिने फिल्म ‘फाइटर’ को रिलिज मिति घोषणा गरिएको छ । फिल्म २८ सेप्टेम्बर २०२३ मा सार्वजनिक हुने दीपिकाले बताएकी छिन् । उनले इन्टाग्राममा भिडियो सेयर गरेर फिल्मको प्रर्दशनी मिति सार्वजनिक गरेकी थिइन् ।
सिद्धार्थ आनन्दको निर्देशन रहेको ‘फाइटर’ मा दीपिका र ऋतिकसँगै अनिल कपूर मुख्य भूमिकामा छन् ।
ऐतिहासिक फिल्मको हिस्सा बनेपछि अहिले दीपिका एक्सन फिल्ममा प्रवेश गरिरहेकी छिन् । साथै दीपिका ऋतिकसँग फिल्म ‘फाइटर’ मा एक्सन अवतारमा देखिने छिन् । दीपिकाले फिल्मको छोटो टिजर सार्वजनिक गर्दै फिल्ममा अनिल कपूर पनि भएको बताएकी छिन् ।
दीपिका र ऋतिकको एउटा भिडियो सामाजिक सञ्जाल मार्फत भाइरल भएको थियो, जसलाई दर्शकहरुले धेरै मन पराइरहेका छन् ।
फिल्ममा ऋतिक रोशन इन्डियन पाइलटको भूमिकामा देखिने भएका छन् । यसैगरी, सिद्धार्थ आनन्दले दीपिकाको रोलको बारेमा बताउँदै ऋतिकसँग दीपिका एक्सन सिनमा देखिने बताएका छन् ।
हालैमा दीपिकाले ‘गहराइयां’ फिल्ममा अभिनय गरेकी छिन् । यो फिल्मलाई दर्शकले खासै मन पराएनन् । ऋतिकले भर्खरै ‘विक्रम वेधा’ को सुटिङ पुरा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्