Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


शिव श्रेष्ठ ‘लप्पन छप्पन २’ मा


572
Shares

काठमाडौं । अभिनेता शिव श्रेष्ठ ‘लप्पन छप्पन २’ मा देखिने भएका छन् ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा ‘लप्पन छप्पन २’ मा पाएको भूमिका आफुलाई मन परेको प्रतिक्रिया दिएका छन् ।

मुकुन्द भट्ट निर्देशित चलचित्रमा शिवका अलावा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अभिनेता श्रेष्ठका समकालीन कलाकारहरु अभिनय क्षेत्रबाट हराइसकेका छन् खासै सक्रिय छैनन् । तर, अभिनेता श्रेष्ठ निरन्तर चलचित्रमा काम गर्दै आएका छन् । उनी अभिनीत नयाँ चलचित्र ‘लप्पन छप्पन २’ यही शुक्रवारबाट (भोली) प्रदर्शनमा आउँदैछ । यो चलचित्रबाट आफुले ठुलो आशा गरेको अभिनेता श्रेष्ठले बताएका छन् ।

कार्यक्रममा अभिनेता शिव श्रेष्ठले ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्टको काम गर्ने शैली आफुलाई मन परेको बताएका छन्। मुकुन्द भट्ट जस्तो निर्देशक नेपाली चलचित्र क्षेत्रलाई आवश्यक भएको बताएका छन् । एक्सन ड्रामाको बर्गमा पर्ने यो सिनेमाको कथा पैसा र शक्तिको विषयमा घुमेको बताइएको छ ।