काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको एसी मिलान उडीनेजेसँग बराबरीमा रोकिएको छ ।
शुक्रबार राति भएको खेलमा मिलान उडीनेजेसँग १–१ को बराबरीमा रोकिएको हो ।
खेलको २९ औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो । तर, खेलको ६६ औं मिनेटमा डेस्टिननी उडोगियोले गोल गर्दै उडीनेजेलाई १–१ को बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै शीर्षस्थानमा रहेको मिलानको २७ खेलबाट ५७ अंक रहेको छ । उडीनेजे २६ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।








प्रतिक्रिया दिनुहोस्