२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


अर्घाखाँचीमा कैदी–बन्दीलाई अचार बनाउने तालिम


299
Shares

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको कारागारमा विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी–बन्दीलाई अचार बनाउने तालिम दिइएको छ ।

कारागारका बन्दीलाई सीप सिकेर आत्मनिर्भर बनाउन ७ दिने तालिम दिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा सम्पन्न भएको तालिममा १९ जना बन्दीले तालिममा सहभागिता जनाएका थिए भने ६ प्रकारका फरक फरक आइटमको अचार बनाउने तालिम दिएको कार्यालय प्रमुख सतोष खनालले जानकारी दिनुभयो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बन्दी सहभागिलाई सकारात्मक सोच राखेर आफ्नो काममा तल्लीन रहन र आम्दानी वृद्धि गर्न सुझाव दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उम्मर बहादुर थापाले कारागारभित्र वा बाहिर गएपछि पनि सीपको सक्दो उपयोग गर्न सुझाव दिनुभयो ।

बन्दी कमल भुसालका अनुसार थप सिपमुलक तालिम दिएमा आफुहरु लाई नकारात्मक सोचहरु हटेर जाने बताउनुभएको थियो ।

तालिममा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।