Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


पलले भने- ‘मैरै व्यवसायिक प्रतिस्पर्धीले समीक्षालाई उकासे’


7.6k
Shares

काठमाडौं । नायक पल शाहले गायिका समीक्षा अधिकारीलाई आफ्ना पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धी)ले उकास्ने काम गरेको आरोप लगाएका छन् ।

फरक प्रसङ्ग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरूलाई समेत वास्तविक जीवनसँग जोड्ने प्रयास गरेर चरित्रहत्या भएको भन्दै उनले आक्रोश पोखेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरूलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केकी पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धी)ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ ।’

सोमबार पल शाह र समीक्षा अधिकारीबीचको सम्बन्धको बारेको अडियो सार्वजनिक भएको थियो । जसमा समीक्षा अधिकारीले पल शाहसँग विवाह गर्न चाहेकी छन् भने पलले पन्छाउने प्रयास गरिरहेका छन् । उनीहरू विगत एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको अडियोमार्फत खुलासा भएको थियो ।