Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


चलचित्र आमाले कमायो एकहप्ता नपुग्दैं दुई करोड


0
Shares

 -दीपक श्रेष्ठ/ बिनोद बजगाई/ इमेज

काठमाडौं । युवा निर्देशक दिपेन्द्र कुमार खनालको पछिल्लो चलचित्र आमा फागुन ९ गते शिवरात्रीको दिन देखि राजधानी काठमाडौ लगायत देशका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ ।

शनिवार काठमाडौको कुमारी हलमा भएको विशेष प्रदर्शनीमा चलचित्र कलाकार देखि विभिन्न दलका नेता, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिती थियो ।

शर्मिला पाण्डे द्वारा निर्मित चलचित्र आमा समसामयिक कथावस्तुमा आधारित छ ।

समाजमा नारीले खेल्ने विभिन्न तहको भुमिकाका अतिरिक्त पुरुषले निर्वाह गर्ने जिम्मेवारी समेत नारीले गर्न सक्छन् भन्ने सन्देश चलचित्रले दिन खोजेको छ ।

सामाजिक कथाका अतिरिक्त आजभोली ब्याप्त अस्पताल भित्रको व्यापारीकरण, बेरोजगारीका कारण बढी रहेको युवा पुस्ताको पलायन जस्ता विषय चलचित्रले उठान गरेको छ ।

चलचित्रका कथा लेखक तथा निर्देशक दिपेन्द्र कुमार खनाल सामाजिक बिषय उठाएर चलचित्र बनाउँदा आफूले ठूलो जोखीम मोलेको बताउँछन् ।

चलचित्र आमाले प्रदर्शन भएको हप्ता दिन नपुग्दै दुई करोड भन्दा माथिको व्यापार गरिसकेको छ ।

आमाकी मुख्य कलाकार बरिष्ठ अभिनेत्री मिथिला शर्मा र नवनायिका सुरक्षा पन्त पनि आफूले चलचित्र आमाको भूमिका माथि सक्दो न्याय गरेको बताउँछन् ।

अभिनेतृ मिथिला शर्माको मार्मिक अभिनय र नायिका सुरक्षा पन्तको प्रस्तुती रहेको आमाले २ घण्टा १५ मिनेट दर्शकलाई भरपुर मनोरञ्जन र मार्मिक सन्देश दिएको छ ।

दिपेन्द्र कुमार खनालले चलचित्रमा लेखन, छायांकन तथा निर्देशन ३ वटै जिम्मेवारीमा आफ्नो क्षमता देखाएका छन् ।

रोमान्चक गित, आईटम डान्स तथा सशक्त द्धन्द्धयुक्त महंगो सेटमा बन्ने चलचित्र मात्र बिक्छ भन्ने आम मान्यतालाई चिर्दै चलचित्र आमालाई मिथिला शर्मा, सुरक्षा पन्त, मनिष निरौला, देशभक्त खनाल, टीका पहारी, लक्ष्मी भुषाल, सरिता गिरीको खारिएको अभिनयलाई निर्देशक दिपेन्द्र कुमार खनालले मिहेनत गरेर प्रस्तुत गरेका छन् ।