Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


आज लगनगाँठो कस्दै नायिका प्रियंका र आयुष्मान


0
Shares

काठमाडौं । नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीबीच आज विवाह हुँदैछ ।

उनीहरुले इन्गेजमेन्ट भएको दुई वर्षपछि विवाह गर्न लागेका हुन् । विवाहको जानकारी दिन प्रियंका र आयुष्मान दुबैले छुट्टाछुट्टै ब्याचलर पार्टी पनि मनाएका थिए ।

ब्याचलर पार्टीको लागि प्रियंका आफ्ना केहि निकट साथीहरु लिएर थाईल्याण्ड उडेकी थिईन् भने आयुष्मान आफ्ना भाई आशिरमान र केहि साथीहरुसहित पोखरा पुगेका थिए ।

प्रियंकाले मंगलबार मेहेन्दी पार्टीको कार्यक्रम आयोजना गरेकी थिइन् । मध्यरातसम्म चलेको सांगितिक कार्यक्रममा धेरै कलाकारहरुको सहभागिता थियो ।

उनीहरुको विवाहका लागि काठमाडौंको एक रिसोर्ट तीन दिनका लागि बुकिङ गरिएको छ ।आज प्रियकां र आयुष्मानको त्यही विवाह हुँदैछ ।