Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


लिभरपुलद्वारा इन्टर मिलान पराजित


91
Shares

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले इन्टर मिलानलाई २–० ले हराएको छ ।

इटालीमा बुधबार राति भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा भ्रमणकारी टोली लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिनो र मोहोमद सालाहले एक एक गोल गरे । जितसँगै लिभरपुल दोस्रो लेगको खेलपूर्व सहज अवस्थामा पुगेको छ । इन्टर मिलानको भने क्वाटरफाइनल यात्रा कठिन हुने देखिएको छ ।

बुधबार राति भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखलाई अष्ट्रियाको रेडबुल साल्जवर्गले एक एक गोलको बराबरीमा रोकेको छ । अष्ट्रियामा भएको खेलमा साल्जवर्गका अदामुले पहिलो गोल गरेपनि बायर्नको किङ्ग्सले कोम्यानले अन्तिम मिनेटमा बराबरी गोल गरेका हुन् ।