काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले नरिच सिटीलाई ४–० ले हराएको छ ।
नरिचलाई उसैको मैदानमा हराउन म्यान्चेस्टर सिटीका राहिम स्टर्लीङले ह्याट्रिक गरे भने फिल फोडेनले एक गोल थपे ।
जितसँगै सिटीले तालिकामा दोस्रो स्थानको लिभरपुलसँग १२ अंकको अग्रता बनाएको छ ।
लिगमा २५ खेलबाट म्यान्चेस्टर सिटीको ६३ अंक छ भने लिभरपुलको २३ खेलबाट ५१ अंक छ ।
प्रिमियर लिगकै अन्य खेलहरुमा एभर्टनले लिड्स युनाइटेडलाई ३–० ले हराउँदा म्यान्चेस्टर युनाइटेडलाई साउथह्याम्पटनले १–१ गोलको बराबरीमा रोकेको छ ।
यसैगरी, ब्राइटनले वाट्फोर्डमाथि २–० को जित निकाल्दा ब्रेन्टफोर्ड र क्रिष्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् ।








प्रतिक्रिया दिनुहोस्