Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


‘ए’ डिभिजन लिग फुटबलका दशौं चरणका खेलहरु आजबाट


65
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौं चरणका खेलहरु आज शुक्रबारबाट हुनेछन् ।

राष्ट्रिय टोलीको दुई मैत्रिपूर्ण खेल तथा पोखरामा सम्पन्न आहा रारा गोल्डकप फुटबलको लागि रोकिएको लिग आजबाट सुचारु हुन लागेको हो ।

शुक्रबार दशौं चरणका दुई खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्नेछन् । फ्रेन्ड्स र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ भने ब्रिगेड ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

यसैगरी दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ । आर्मी र जावलाखेलबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

लिगमा नवौं चरणको समाप्तीसम्म २३ अंकसहित मच्छिन्द्र क्लब शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको मनाङ मर्स्याङदी क्लबको १९ अंक छ भने १७ अंकसहित आर्मी क्लब तेस्रो स्थानमा छ ।

१४ टोली सहभागि लिगबाट दुई टोली रेलिगेशनमा झर्ने प्रावधान अनुसार पुछारमा रहेका फ्रेण्ड्स क्लब र च्यासल युथ क्लब जोखिममा रहेका छन् ।