Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


करोडौँको लगानीमा नागीनको छैठौं संस्करण बन्दै


533
Shares

काठमाडौं । नागीनको छैठौं संस्करण बन्ने भएको छ । नागीन ६ श्रीपञ्चमीका दिनदेखि प्रसारणमा आउने छ । श्रीपञ्चमीका दिन विशेष भाग प्रसारण हुनेछ ।

एकता कपुरको निर्माता तथा निर्देशनमा बन्न लागेको नागीन ६ मा तेजस्वी प्रकाशको मुख्य भुमिका रहने छ । नागीन ६ मा एकताले १३० करोड भारतीय रुपैँया लगानी गर्ने भएकी छिन् । यति ठुलो लगानीमा बन्न लागेको नागीन ६ का कलाकारहरुलाई र एकतालाई सो फ्लप हुन्छ की भन्ने ठुलो तनाब छ । भारतीय सञ्चारमाध्यमका अनुसार करोडौंको लगानीमा बन्न लागेको नागीन ६ यदि हिट भएन भने एकताले अर्को बर्षदेखि फ्रेन्चाइज नै बन्द गर्ने बताएकी छिन् ।

नागीन ६ को प्रोमोमा तेजस्वीको अवतारलाई पनि सार्वजनिक गरिएको छ । बिग बोस १५ को ट्रफी जितेपछि तेजस्वी नागीनको सुटिङमा व्यस्त भएकी छिन् । तेजस्वी नागीन बन्नको लागी निकै नै उत्सुक भइरहेकी छिन् । तेजस्वीलाई नागीनको भूमिकामा दर्शकले कति मन पराउने छन्, त्यो हेर्न बाँकी छ ।

नागीन ६ को सुरुवातमा पुराना नागीनहरु अनीता हसनन्दानी, अदा खान, सुरभि चन्दनाले विशेष प्रस्तुतीले शो को उद्घाटन भव्य बनाउने छन् भने त्यसपछि तेजस्वीको भव्य प्रवेश हुने छ ।