४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


‘यतै रमाइलो उतै घमाइलो’ सार्वजनिक


0
Shares

काठमाडौं, साउन २१ । पत्रकार तथा रचनाकार गीता अधिकारीको तीजगीतको एल्बम ‘यतै रमाइलो उतै घमाइलो’को सोमबार राजधानीमा विमोचन गरिएको छ । 

पूर्वसभामुख ओनसरी घर्तीले एल्बम विमोचन गरेकी हुन् ।

सारिका घिमिरेको स्वरमा रहेको गीतमा दीपक शर्माको संगीत, सुदीप सागरको संगीत संयोजन र साजन शाहको ध्वनीमिश्रण रहेको छ ।

गीतको भिडियोमा वरिष्ठ कलाकारहरु चैत्य देवी, भुवन चन्द, बसुन्धरा भुसाल र रुपा रानाको अभिनय रहेको छ ।

गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् । वीरेन्द्र भाटको छायाँकन र सम्पादन रहेको छ ।

महिलाहरुले पनि केही गरेर देखाउन सक्छन् भन्ने सन्देश यस गीतले दिन खोजेको छ ।