काठमाडौं । बलिउड अभिनेता अजय देवगनको ‘तान्हाजी’ले मुम्बइमा नयाँ रेकर्ड कायम गरेको छ ।
रिलिजको चौथो हप्तामा पनि फिल्मले दर्शकको साथ उस्तै पाइरहेको छ ।
जनवरी १० बाट प्रदर्शनमा आएको ‘तान्हाजी’ले मुम्बई एरियामा मात्र ११८ करोडको व्यापार गरेर नयाँ रेकर्ड पनि राखेको छ ।
अजय देवगनको आफ्नो १०० औँ फिल्मले बक्स अफिसमा २५० करोडको आँकडा पार गरिसकेको छ ।
‘तान्हाजी’ले मुम्बई क्षेत्रमा ‘टाइगर जिन्दा हे’ले बनाएको रेकर्ड तोड्न सफल भएको हो ।
‘टाइगर जिन्दा हे’ले १०९ करोडको नेट कलेक्सन मुम्बईबाट मात्र गरेको थियो । ‘तान्हाजी’मा अजयका साथमा काजोल र सेफ अलि खानको मुख्य भूमिका छन ।




प्रतिक्रिया दिनुहोस्