Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


वीपी राजमार्गमा मोटरसाइक दुर्घटना हुँदा दुई जनाको मृत्यु


0
Shares

सिन्धुली । सिन्धुलीमा मोटर साइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

वीपी राजमार्गअन्तर्गत गडौली पुलमा आज बिहान प्रदेश २–०२–००१ प.२५१० न.को. मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटर साइकल चालक धनुषा जिल्ला महेन्द्रनगरका सुनिलकुमार राय राजपुत र अन्य एक जना पुरुषको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको  छ ।

मोटर साइकल अनियन्त्रित भएर सडकबाट तल खसेको थियो ।