Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


प्रेस चौतारी दाङको अध्यक्षमा इन्द्र डिसी


52
Shares

काठमाडौं । प्रेस चौतारी दाङको नवौं अधिवेशनले इन्द्र विवश डिसी अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । चौतारीको सोमबार भएको अधिवेशनले डिसीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै, उपाध्यक्षमा प्रेमबहादुर राम्जा र सुुधासुुमन ढकाल, सचिवमा किरण गौतम, सहसचिवमा चन्द्रप्रकाश नेपाली, एकराज भण्डारी र कोषाध्यक्षमा गोकर्ण पौडेल चयन भएका छन् ।

यसैगरि, सदस्यहरुमा कमल ओली, निता चौधरी, रमा नेपाली, टोपेन्द्र रोका मगर, मञ्जु रोकामगर, विन्दुु कवर, विरेन्द्र गिरी, अंशु बोहरा, सुुवाश शर्मा, बसन्त परियार, लक्ष्मण विश्वकर्मा, अभिषेक डाँगी, प्रकाश खनाल, माधव कँडेल, अर्जुन परियार, कपिलमणि पोख्रेल, हिमाल विश्वकर्मा र निमराज पोख्रेल चयन रहेका छन् ।

चौतारीको अधिवेशनको उट्घाटन नेकपा एमालेका महासचिव शंकर पोख्रेलले गर्नु भएको थियो ।