काठमाडौं, माघ १५ । अब वैदेशिक रोजगारीमा जाने नेपालीको यकिन संख्या सहजै पत्ता लगाउन सकिने भएको छ ।
वैदेशिक रोजगार विभागले अध्यागमन विभागसँग ‘डाटा सेयरिङ’ र ‘इन्टिग्रेसन’ गरेको र अब यसबाट यकिन तथ्यांक रहने विभागले जनाएको हो ।
यो व्यवस्थापछि अब कुनै व्यक्ति नेपालको अध्यागमनबाट जुनसुकै प्रयोजनका लागि बाहिर गएको र आएको अनलाइन तथ्यांक रहनेछ ।
यसमार्फत् कुनैपनि व्यक्ति कुन भिसामा बाहिर गएको हो, हेर्न सकिने हुनाले अपराध नियन्त्रण गर्नसमेत सहयोग पुग्ने विभागले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्