
काठमाडौं, माघ १४ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २०० बढी कम्पनीहरुमध्ये ‘ए’ वर्गमा जम्मा १२ ओटा वाणिज्य बैंक परेका छन् ।
नेप्सेले सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमासिक वर्गीकरण सार्वजनिक गरेकोमा ‘ए’ वर्गमा थोरैमात्र कम्पनी परेका हुन् ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम कम्पनीहरुको वर्गीकरण गरेको हो ।
सूचीकृत २११ कम्पनीहरुमध्ये ‘ए’ वर्गमा जम्मा १२ ओटा वाणिज्य बैंक परेका छन् । अघिल्लोपटक त यो समूहमा अझ जम्मा १० बैंक परेका थिए ।
यसअघिसम्म सूचीकृत संगठित संस्थालाई ‘ए’ र ‘बी’ गरी दुईओटामा मात्रै वर्गीकरण गरिँदै आएको थियो ।
नेपाल धितोपत्र बोर्डले लागू गरेको नयाँ नियमावलीअनुसार यसपटकदेखि भने चार वर्गमा वर्गीकरण गर्न थालिएको छ ।
कम्पनीहरुलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी चार वर्गमा वर्गीकरण गर्न थालिएको नेप्सेले जनाएको छ ।
नयाँ वर्गीकरणमा ‘बी’ वर्गमा कुनै कम्पनी परेका छैनन् ।
‘जी’मा ३२ कम्पनी परेका छन् भने सबैभन्दा धेरै तल्लो वर्ग ‘जेड’मा १६७ कम्पनी परेका छन् ।
संस्थाको चुक्ता पुँजी, नियम परिपालना, प्रतिफल, संस्थागत सुशासन कायम, समयमै वित्तीय विवरण प्रकाशन, पारदर्शीतालगायतको आधारमा नेप्सेले नयाँ वर्गीकरण सार्वजनिक गरेको हो ।
सूचीकृत अधिकांश कम्पनीहरुले क्रेडिट रेटिङ नगरेकाले उनीहरु ‘जेड’ वर्गमा परेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्