Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने


0
Shares

काठमाडौं, माघ १४ । काठ तथा फर्निचर र यी क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधिकोबारेमा जानकारी दिने उद्देश्यले काठमाडौंमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।

फ्युचरेक्स ट्रेड फेयर तथा इभेन्ट र मिडिया सोलुसन्सले संयुक्तरुपमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय प्रदर्शनी यही माघ १७ देखि १९ गतेसम्म काठमाडौंको भृकटीमन्डपमा हुन लागेको हो ।

नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने तथा अन्तर्राष्ट्रिय प्रविधिसँग परिचित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा मसिन तथा मसिनरी वस्तुमा विशेष जोड दिइने जनाइएको छ ।

यस्ता प्रदर्शनीले विभिन्न प्रविधिमा जोड दिइ आयात कम गर्नसमेत सहयोग गर्ने आयोजकको दाबी छ ।

तीन दिनसम्म चल्ने मेलामा २०० भन्दा बढी ब्रान्डका १५० बढी स्टलहरु रहने जनाइएको छ ।