Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


गायिका आस्था राउत चार दिन हिरासतमा


0
Shares

काठमाडौं, माघ १३ । गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

सोमबार महानगरीय प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत् म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो ।

प्रहरीकै अनुरोधमा कार्यालयले राउतलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरूद्ध म्याद थप गरिएको बताए ।

गायिका राउतले सोमबार बिहान महानगरीय प्रहरी परिसर टेकु पुगेर प्रहरीसमक्ष आत्मसर्मपण गरेकी थिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच केही दिनअघि भएको विवादमा पकाउ पुर्जी जारी गरिएको थियो ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरी कार्यालय पुगेलगत्तै राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यही माघ ५ गते गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

विमानस्थलमा राउतले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो ।