काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जानेहरुलाई बचतमा आकर्षित गर्ने उद्देश्य ल्याएको वैदेशिक रोजगार बचत पत्रमा आकर्षण कम देखिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याकं अनुसार हाल सम्म ११ अर्ब ८ करोड रुपैयाँको बचतपत्र निष्कासन गरेकोमा जम्मा ५.२९ प्रतिशत अर्थात ५८ करोड ६८ लाखको मात्रै बचतपत्र विक्रि भएको छ ।
रेमिट्यान्स रकमलाई बचत गरि उत्पादनशिल क्षेत्रमा लगानी प्रोत्साहन गर्न १० वर्ष अघि आर्थिक वर्ष २०६६/६७ देखी वैदेशिक रोजगार बचतपत्र योजना ल्याइएको हो ।
१० प्रतिशत ब्याजदरको ५ बर्षे बचतपत्रमा अपेक्षित आकर्षण भने पाउन सकिएको छ । यस अवधिसम्म पनि बिक्री न्युन रहेको छ ।
नेपाल राष्ट्र बैंकले २०६७ साल देखी २०७२ साल सम्मको लागि १ अर्ब रुपैयाँ बराबरको बचतपत्र जारी गरेको थियो । यसमा ०.४० प्रतिशत अर्थात ४० लाखको मात्रै विक्रि भएको राष्ट्र बैंकको तथ्याकं छ ।
आर्थिक वर्ष २०६७/६८ मा ५० करोडको बचतपत्र निष्कासन भएकोमा जम्मा ०.०७ प्रतिशत अर्थात ३३ लाखको मात्रै बिक्री भएको थियो । यस्तै ०६८/६९ मा १ अर्बको बचतपत्र निष्कासन भएकोमा जम्मा ८६ लाखको मात्र विक्री भएको थियो ।
०७३ साल सम्म बचतपत्र विक्रिमा कुनै सुधार हुन नसकेको राष्ट्र बैंकको तथ्याकंले देखाएको छ । ०७३ सालमा भने ३३.२७ प्रतिशत बचतपत्र विक्रि भएको थियो छ ।
त्यसपश्चात पनि यसमा कुनै सुधार हुन सकेको छैन । सरकारले वार्षिक कार्यक्रम अनुसार बचतपत्रको निष्कासन गर्दै आएपनि अपेक्षित आकर्षण नपाइएको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट स्वीकार्छन ।
बचतपत्र विक्रिको स्थिती आर्थिक वर्ष ७३ सालमा वृद्धि भएपनि आर्थिक वर्ष ०७४/०७५ मा पुन सूस्ताएको देखिन्छ ।
बचतपत्र कम भएपछि विक्रि बढाउनको लागी सरकारले विभिन्न प्रचारात्मक काम गरिरहेको प्रवक्ता भट्ट बताउँछन् ।
यस्तै राष्ट्र बैंकले गत शुक्रबार मात्रै २०८१ सम्मको लागी अर्धवार्षिक रुपमा १० प्रतिशत ब्याज प्रदान गर्ने गरी ४० करोड रकम बराबरको वैदेशिक रोजगार बचतपत्र खुल्ला गरेको छ । यो बचतपत्र चैत्र २१ गतेसम्म खरिद गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
चालु आर्थिक बर्ष भरी १ अर्बको बचत पत्र निश्कासन गर्ने बैंकको योजना छ ।
वैदेशिक रोजगारीमा गएर फर्केको ६ महिना भित्रै फर्कने व्यक्ति तथा परिवारको सदस्यले बचतपत्र खरिद गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस्