Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै प्रदर्शन


0
Shares

काठमाडौं, माघ ११ । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

‘पश्चिम सेतीका लागि काठमाडौंमा कचौरा’को नारा दिएर युवाहरुले माइतीघर मन्डलामा प्रदर्शन गरेका हुन् ।

सरकारले सन् २०१२ मा पश्चिम सेती आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिएको थियो ।

तर, लामो समय आयोजना ओगटेर बसेको सो कम्पनीले क्षमता घटाएर पनि निर्माण अघि बढाउन भने सकेन ।

प्रदर्शनमा सहभागी युवाहरुले ‘पश्चिम सेती बन्ने कहिले हो, आश्वासन धेरै भो’लगायत लेखिएका ‘प्लेकार्ड’ बोकेका थिए ।