२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एथ्लेटिकाे मड्रिड नकआउट चरणमा


0
Shares

एजेन्सी । एफ.सी पोर्टोलाई हराउँदै एथ्लेटिको मड्रिड युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेको छ । गएराती भएको समुह बि को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले पोर्चुगलको एफ.सी पोर्टोलाई ३–१ ले पराजित ग¥यो ।

एथ्लेटिकोको जितमा एन्टोसनयो ग्रिजमन, एन्जल कोरिया र रोड्रिगो डे पउलले एक एक गोल गरे । पोर्टोका सर्जियो ओलिभिएराले एक सान्तोना गोल गरे । यो खेलमा पोर्टोका दुई खेलाडी तथा एथ्लेटिकोका एक खेलाडीले रातो कार्ड खाएका थिए । जितसँगै एथ्लेटिको राउण्ड अफ सिक्सटिनमा पुग्दा पोर्टो बाहिरिएको छ ।

च्याम्पियन्स लिगकै अन्य खेलहरुमा विजयी हुँदै लिभरपुल र आयाक्स एम्सटरडमले समुह चरणका सबै ६ खेल जित्ने किर्तीमान बनाएका छन् । यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुलले समुहको अन्तिम खेलमा इटालीको एसी मिलानलाई २–१ ले हरायो ।

यसैगरी नेदरल्याण्ड्सको आयाक्सले पोर्चुगलको स्पोर्टीङमाथि ४–२ को जित निकाल्यो । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बेल्जीयमको क्लब ब्रुजलाई ४–१ ले हराउँदा जर्मनीको आर.बी लेप्जीगले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीलाई २–१ ले स्तब्ध पा¥यो । उता जर्मनीको बोरुसिया डर्टमण्डले टर्कीको बेसिक्तासलाई ५–१ ले हराउँदा स्पेनको रियाल मड्रिडले इटालीको इन्टरमिलानमाथि २–० को जित निकाल्यो ।