Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


बैतडीमा धार्मिक पर्यटनको प्रशस्त संभावना


0
Shares

बैतडी । बैतडीमा धार्मिक पर्यटनको प्रशस्त संभावना देखिएको छ । जिल्लामा रहेका धार्मिक पर्यटनले भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने देखिएको छ ।

विभिन्न शक्तिपीठ तथा मन्दिरहरु रहेको धार्मिक पर्यटनको प्रशस्त संभावना रहेको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले जानकारी दिए ।

बैतडीमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी, फाल्ङासैनी, कफलाशैनी भगवतीका मन्दिर रहेका छन् भने रौलाकेदार, ग्वाल्लेकेदार, शिखर केदार, सिगासधुरा, शिवनाथ, दोगडा, भिटाकेदार, उदयदेव, महारुद्र, पातालभुवनेश्वर, ईश्वरी गंगाधाम लगायतका धामहरु पनि रहेका छन् ।

यी धामहरु र शक्तिपीठहरुको प्रचारप्रसार गर्न सके थुप्रै पर्यटकहरु भित्र्याउन सकिने दशरथचन्द नगरपालिका स्थानीय बताउँछन् ।

जिल्लामा रहेका धार्मिक पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार हुन नसकेको र यातायात, बाटो र उचित बसोबासको व्यवस्था नभएकाले पर्यटक भित्रिन सकेका छैनन् ।