Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


ब्याजदरमा समायोजन गर्न अर्थमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, माघ १० । अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदरमा समायोजन गर्नका लागि बैंकहरुलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले ब्याजदरमा स्थीरताको व्यवस्था गर्न आवश्यक रहेको भन्दै ‘स्प्रेड’दर पालना गर्न पनि आग्रह गरे ।

राष्ट्रिय वाणिज्य बैंकको सेयर स्वामित्वबारेसमेत छलफल भइरहेको भन्दै अर्थमन्त्री खतिवडाले सरकारी बैंकको प्राथमिक सेयर जारी गर्ने विषयमासमेत अध्ययन भइरहेको उल्लेख गरे ।

पछिल्लो समय बैंकमा सुरक्षाको जोखिम बढेको भन्दै उनले सूचना–प्रविधि क्षेत्रको स्तरीयता बढाउन उनले ध्यानाकर्षण गराए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्रगति जारी राखेको उल्लेख गरे ।

गत वर्ष लगानीकर्तालाई १२ प्रतिशत लाभांश प्रदान गरेको जानकारी दिँदै उनले चालू आर्थिक वर्षको ६ महिनाभित्रै दुई अर्ब ५ करोड खुद नाफा कमाउन बैंक सफल भएको पनि बताए ।

बैंकको हालसम्म निक्षेप एक खर्ब ९७ अर्ब पुगेको र कुल कर्जा प्रवाह एक खर्ब ५० अर्ब रहेको पनि बैंकले जनाएको छ ।

बैंकको हालसम्म दुई खर्ब ५० अर्ब कुल लगानी भएको जनाइएको छ ।