Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


रामले वाण हानेर पानी निकालेको ‘रम्भापानी’मा पर्यटकको चहलपहल


0
Shares

सीता पाण्डे/ईमेज

पाल्पा । भ्रमण वर्षको अवसरमा पाल्पाको धार्मिकस्थल रम्भादेवी भगवती मन्दिरलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा राखेपछि पर्यटन पूर्वाधार निर्माणले गति लिन थालेको छ ।

धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका सो क्षेत्रको पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारको चासो बढेको हो । सरकारले एक सय पर्यटकीय गन्तव्यमा पाल्पाको रम्भा गाउँपालिकास्थित रम्भापानी क्षेत्रलाई समेटेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।

सदरमुकाम तानेसनबाट ३१ किलोमिटर पूर्वमा र समुन्द्र सतहदेखि करिब ४३०० फिटको उचाइमा अवस्थित यस क्षेत्रमा धार्मिक पर्यटकदेखि वन तथा वन्यजन्तु अवलोकनकर्ता समेत पुग्ने गरेका छन् ।

दैनिक सयाँैको संख्यामा पर्यटक आउन थालेपछि मन्दिर व्यवस्थापन समितिले पनि सक्रियता बढाएको छ । विहानदेखि साँझसम्म मन्दिर खुला राख्न समिति पुजेरी आवासगृह निर्माणमा जुटेको छ ।

मन्दिर परिसरमा कम्पाउण्ड वाल सहित तारबार गर्ने, शौचालय र प्रतिक्षालयजस्ता आधारभूत पूर्वाधार निर्माणमा लागेको मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद श्रेष्ठको भनाइ छ ।

यस मन्दिरमा पूजासँगै बली दिने प्रचलन पनि रहेको छ । मनोकामना पूरा हुने विश्वासमा पनि यस मन्दिरमा दर्शनार्थी आउने गरेका छन् ।

भगवान रामले वनबासको क्रममा पत्नी सिताको तिर्खा मेटाउन वाँण हानेर पानी निकालेको कारण यो मन्दिरको नाम नै रम्भापानी रहन गएको जनश्रुति रहेको छ ।

यहाँबाट सुन्दर हिमालका दृश्य, विभिन्न किसिमका लोपोन्मुख वनस्पतीको सुन्दरता अवलोकन गर्न पनि पर्यटक जाने गरेका छन् ।

रम्भादेवी मन्दिर क्षेत्रको जगंलमा प्राकृतिक दुर्लभ जडीबुटी र बनस्पतीहरू पाइने भएकाले पर्यावरणीय पर्यटनको पनि  राम्रो सम्भावना छ ।

वनस्पतीहरूको नामाकरण गर्ने र बनस्पती विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूको गन्तव्यस्थल बनाउने योजना रहेको छ । रम्भापानी बाकुमगढी किल्ला, ऋषिहरुको पवित्र तपोभूमि रिमिघालेक लगायतका प्राकृतिक रमणीय स्थानहरू रहेका छन्