
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति समेत रहनु भएका शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट कांग्रेस प्रदेश–१ अधिवेशनको उद्घाटन गर्नु भएको छ ।
सबै प्रदेशको एकैदिन उद्घाटन भएकाले देउवाले भर्चुअल माध्यमबाट छोटो सम्बोधन गरी अधिवेशन उद्घाटन गर्नु भएको हो । सभापति देउवाले नै भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भनेपछि हिजो अधिवेशन उद्घाटन स्थगित गरिएको थियो ।
उद्घाटनसत्रलाई सम्बोधन गर्दे सभापति देउवाले कांग्रेसले गरेका ठूलठूला संघर्षको परिणामस्वरूप आएको संघीयताअनुरूपको पहिलो प्रदेश अधिवेशन उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
त्यस्तै सभापति देउवाले केही महिनामै स्थानीय तह निर्वाचनमा जानुपर्ने भएकाले संयमित र अनुशासित भएर आन्तरिक लोकतन्त्रको अभ्यासमा सहभागी हुन आग्रह गर्नुभयो । देउवाले प्रदेश–१ अधिवेशनको पूर्ण सफलताको कामना समेत गर्नु भएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्