Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


इलाममा भुँई स्याउले बजार पाएन : खोले बनाएर बस्तुभाउलाई खुवाउँदै


0
Shares

इलाम । केही वर्षयता इलाममा व्यापक मात्रामा उत्पादन भइरहेको भुइँस्याउ (ग्राउण्ड एपल) ले बजार पाउन सकेको छैन ।

पोषणयुक्त फलको रुपमा मानिने भुइँस्याउ विक्री हुन छाडेपछि किसानले  वस्तुभाउलाई खोले पकाएर खुवाउन थालेका छन् ।

देउमाई नगरपालिका २ का किसान मदन मुखियाले वितगका वर्षमा प्रशस्तै विक्री भएको तर यो वर्ष भुइँस्याउले कम बजार पाएको बताए ।

भुइँ स्याउलाई सिधै काटेर सल्लादको रुपमा खान सकिने भए पनि यसको उपयोग होटल व्यवसायमा पनि खासै हुन नसकेको किसान बताउँछन् ।

भुइस्याउलाई जुस, वाइन बनाउने कच्चा पदार्थको रुपमा लिने गरिन्छ । इलाम जिल्लाको उत्तरी क्षेत्रमा भुइँस्याउको बढी उत्पादन हुने गरेको छ ।