Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


नेप्से सामान्य अंकले ऋणात्मक


0
Shares

काठमाडौं, माघ ८ । बुधबार पुनः सेयरबजार सामान्य अंकले ऋणात्मक रह्यो ।

अघिल्लो दिन सामान्य अंकले सकारात्मक रहेको बजार परिसूचक यसदिन पुनः ओरालो लागेको हो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंकले झरेर १३ सय १३ कायम भइ थामियो । कारोबार भने उच्च नै डेढ अर्बमाथि रह्यो ।

यसदिन जीवनबिमा समूहबाहेक कारोबार भएका अरु सबै समूह ओरालो लागे । होटल, उत्पादनमूलक, निर्जीवन बिमा, विकास बैंक, जलविद्युत्, व्यापार र लघुवित्त समूह दोहोरो अंकले ओरालो लागे भने अरु सामान्य अंकले ऋणात्मक रहे । जीवनबिमा समूहमा भने १६२ अंकको सुधार आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७८ कम्पनीका ४९ लाख कित्ता सेयर एक अर्ब ५८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।