Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


सुन तोलामा पाँच सय घट्यो


0
Shares

काठमाडौं, माघ ८ । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ५०० मा झरेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार पुगेको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि प्रतितोला १५ ले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला ८८० तोकेको छ ।

पछिल्ला समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ । माघ लागेसँगै सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ । एक साताको अवधिमा सुनको मूल्य तीन पटक वृद्धि भइसकेको छ ।