Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


‘गेट अफ हेभन’ अर्थात यारुजो डाँडा ! (फोटोसहित)


0
Shares

मुस्ताङ, माघ ८ । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी गाउँमा रहेको यारुजो डाँडा पर्यटकको रोजाइमा परेको छ ।

ठिनी गाउँभन्दा माथि रहेको यारुजो अहिले पर्यटकीय क्षेत्र बनेको छ । यारुजो डाँडाबाट पवित्र कालीगण्डकी नदी र वरिपरीको वस्ती निकै रोमाञ्चक देखिन्छ ।

यारुजो डाँडा र भ्यु–टावरमा चढेर हेर्दा निलगिरी, धौलागिरि, मानापाथी, टुकुचे, डोल्पाको हिमाललगायत अन्नपूर्ण हिमश्रृङ्खलासहित १ दर्जन बढी हिमालहरु प्रत्यक्ष हेर्न सकिन्छ ।

त्यस्तै मार्फा, पाक्लिङ, फ्ल्याक, स्याङ, समलेक, कागबेनी, कोरला रेन्ज, उपल्लो मुस्ताङको केही भाग र तिब्बतीयन प्लेट टु समेत देखिन्छ ।

यारुजो डाँडाको भ्रमणमा जाने विदेशी पर्यटकले यसलाई ‘गेट अफ हेभन’ अर्थात् ‘स्वर्ग जाने बाटो’ भन्ने गरेको स्थानीय बताउँछन् ।

यारुजो डाँडा नजिकको नवजङ्गलका क्षेत्रमा लोपोन्मुख वन्यजन्तु पनि भेटिने गरेका छन् । थकाली समुदायको बाहुल्यता रहेको ठिनी गाउँ मुस्ताङ सदरमुकाम जोमसोमबाट २ किलोमिटरको दुरीमा रहेको छ ।

यारुजो डाँडा अवलोकन गर्न जाने पर्यटकहरुलाई लक्षित गरेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले १० लाख रुपैयाँको लागतमा भ्यु–टावर बनाएको छ ।