Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


‘चल न माया चल’मा जुना सुन्दास र टीकटक स्टारको दमदार डान्स(भिडियो)


0
Shares

काठमाडौं । गायक तथा संगीतकार कृष्ण समीप सुबेदीले नयाँ गीत बजारमा ल्याएका छन् ।

उनले शुक्रबार आफ्नै नाममा रहेको कृष्ण समीप सुवेदी युट्युव च्यानलमार्फत ‘चल न माया चल’ बोलको गीत सार्वजनिक गरेका हुन ।

बिगत दुई दशकदेखि लोक गीत संगीतमा छुट्टै पहिचान बनाएका सुवेदीले करिब सात वर्षको अन्तरालपछि आफ्नै स्वर, शब्द र संगीतमा नयाँ गीत ल्याएका हुन् ।

यस गीतमा नवोदित गायिका कृष्णा खनालले डेब्यू गरेकी छन् । क्यामेरामा ज्ञानेन्द्र शर्मा र गीतको भिडियो निर्देशन नृत्य निर्देशक सन्तोष राजवाहले गरेका छन् ।

पछिल्लो समय गीतमा थुप्रै म्युजिक भिडियो मार्फत आफ्नो अभिनय तथा कला पस्किँदै चर्चा बटुलेकी मोडल जुना सुन्दास र टीकटक स्टार ‘द लास्ट किङ्ग’ का नामले परिचित डान्सर सुन्दरले अभिनय गरेका छन् ।

यसअघि गायक सुवेदीका शिरशिर बतास, मेरा आँखामा, जोर बत्ती पालैमा, मेरो कल्पनामा आउने मान्छे तिमी, मनको तिर्खा मेट्न, माझी दाईको जिन्दगी, कति राम्रो बिहानीको घाम, पोखरा जाने घुम्ती छ बाटो जस्ता गीत स्रोतामाझ निकै चर्चित छन् ।

‘चल न माया चल’का गायक सुवेदी तथा गायीका खनाल दुवै सञ्चारकर्मी समेत हुन् ।