
काठमाडौं । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।
सोमबार ९४ हजार ३ सयमा कारोबार भइरहेको सुन मंगलबार तोलामा ५ सयले बढेर ९४ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय ९० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १८ सय ६९ डलरमा र चाँदी २५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्