
काठमाडौं, कात्तिक १६ । खुमलटार फुटबल क्लबले लिएको अग्रतालाई उल्टाउँदै झापा फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनल खेलमा झापाले खुमलटारमाथि २–१ को पुनरागमन जित निकाल्दै उपाधि उचालेको हो ।
निकै रोमाञ्चक बनेको खेलमा खुमलटारले पहिलो हाफमा अग्रता लिएको थियो । दोस्रो हाफमा झापाले अग्रता उल्टाउँदै दुई गोल गरेर उपाधि उचाल्न सफल भयो ।
खुमलटारका लागि कप्तान नरेन्द्र लामाले गोल गरे । झापाका श्याम कुमारले दुई गोल गरे । उपाधिसँगै झापाले नगद ५ लाख रुपैयाँ हात पार्दा उपविजेता बनेको खुमलटारले २ लाख ५० हजारमा चित्त बुझायो ।
प्रतिक्रिया दिनुहोस्