Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


नेपाल आफ्नै मौलिक कलाले विश्वमा परिचित : डा.शंशाक


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोईरालाले नेपालको मौलिक कला संस्कृतिको संरक्षण र संम्बद्र्धन गर्नु पर्नेमा जोड दिएका छन् ।

ललितपुरमा आइतबार वरिष्ठ कलाकार किरण मानन्धरको चित्रकला प्रर्दशनीको उदघाटन गर्दै उनले नेपाल आफ्नै मौलिक कलाले विश्वमा परिचित भएको भन्दै कला संस्कृतिको संम्बद्र्धन गर्नुपर्ने बताएका हुन् ।

उनले कलाकारहरुलाई उचित सम्मान गर्दै कलाको विकास गर्नुपर्ने बताए । कलाकार मानन्धरले मतिना यानी प्रेमको अभिव्यक्ति चित्रकलामा सृजना गरेको बताए ।

मतिना शिर्षक उनका १९ थान मोर्डन आक्रलिक माध्यमबाट सृजित चित्रकलाहरु प्रदर्शनीमा रहेको छन् ।

हालसम्म विभिन्न देशमा १ सय ६५ बटा चित्रकला प्रदर्शनीमा कलाकार मानन्धर गरिसकेका छन् ।