Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


बैंक तथा वित्तीय संस्थाले ब्याज बढाएकोप्रति मोरङका व्यवसायीले गरे राष्ट्र बैंकको ध्यानाकर्षण


0
Shares

काठमाडौं, कात्तिक २ । बैंक तथा वित्तिय संस्थाहरुले कार्तिक महिनाबाट लागू हुने गरि बृद्धि गरेको व्याजदरका सम्बन्धमा उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

संगठनले लामो समयको महामारीबाट प्रताडित उद्योग व्यवसायहरु विस्तारै तङ्ग्रिदै गरेको अवस्थामा उत्पादन लागतमा प्रत्यक्ष दबाब बढ्ने गरी बैंक तथा वित्तिय संस्थाहरुले बृद्धि गरेको ब्याजदर प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

बजारमा तरलता अभावको कारण देखाउदै गरिएको व्याजदर अबिलम्ब पुनराबलोकन गरी एकल अंकमा नबढ्ने गरी निर्धारण गर्न पनि संगठनले माग गरेको छ ।

ब्याजदर बढ्नुमा मौद्रिक नीतिमा गरिएको सिडी अनुपातको व्यवस्था नै मुख्य कारक भन्दै यसलाई परिमार्जन गर्न पनि संगठनले राष्ट्र बैंक समक्ष आग्रह गरेको छ ।