Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


स्याङ्जामा झण्डै पाँच महिना पछि हट्यो निषेधाज्ञा


0
Shares

स्याङ्जा । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्लाभर लगाइएको निषेधाज्ञा हटेको छ । गएको बैशाख २१ बाट लगाएकाे निषेधाज्ञा झण्डै ५ महिना पछि हटाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।

पछिल्ला दिनहरुमा कोभिड–१९ को संक्रमणको दर न्यून हुँदै गएको तथा जिल्लाको जनजीवन समेत सामान्य बन्दै गईरहेको विश्लेषणका आधारमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निषेधाज्ञा हटाईएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

कोभिड–१९ संक्रमणको दर घट्दै गएपनि यो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र संक्रमणको जोखिम कायम नै रहेको भन्दै प्रशासनले आफ्नो पेशा व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।