Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


दक्षिणपूर्वी एशियाका ११ स्वास्थ्यमन्त्रीको १२ बुँदे काठमाडौं घोषणा पत्र, कोभिडलगायतका स्वास्थ्य चुनौतीविरुद्ध एक भएर लड्ने अठोट


0
Shares

काठमाडौं, भदौं २२ । विश्व स्वास्थ्य संगठनको काठमाडौंमा भएको ७४ औं दक्षिणपूर्वी एशियाली बैठकले विश्वमा जारी वर्तमान महामारीबाट शिक्षा लिँदै स्वास्थ्य प्रणालीलाई बलियो बनाउनेसहितको १२ बुँदे काठमाडौं घोषणा पत्र जारी गरेको छ ।

घोषणापत्रमा कोभिड महामारीले अर्थतन्त्र, समाज र स्वास्थ्यमा पारेको चुनौतिविरुद्ध एक भएर लड्ने, स्वास्थ्यमा सबैको पहुँच तुल्याउन स्वास्थ्य प्रणालीमा व्यापक पुनर्संरचना गर्ने तथा राजनीतिक नेतृत्व एवं सरकारलाई उत्तरदायी तुल्याउने सहमति गरिएको छ ।

११ वटा मुलुकका स्वास्थ्य मन्त्रीले भर्चुअलरुपमा गरेको छलफलमा दक्षिणपूर्वी एशियामा कोभिडविरुद्धको खोप र सााग्रीको समानुपातिक वितरणमा जोड दिने तथा विगतमा भएका सम्झौंताको कार्यान्वयन गर्ने लगायतका सहमति गरिएको हो ।

दिगो विकास लक्ष्य हासिल गर्न प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय लगानी बढाउने, आधारभूत तथा अत्यावश्यक स्वास्थ्य संरचना समुदायस्तरमै निर्माण गर्ने, आधारभूत स्वास्थ्य स्याहारको तहमा मानसिक स्वास्थ्यसहितका अन्य नसर्ने रोगहरुविरुद्ध एकभएर लड्ने प्रतिवद्धता जनाएका छन् ।