काठमाडौं । अष्ट्रेलियामा रहेका गायक सन्जिब खरेल र निकिता थापाको स्वरमा तयार भएको गीत प्रेम कहानीको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
टिकटकमा भाइरल बनेकी उषा उप्रेती र मोडल सागर थापाको अभिनय रहेको गीतमा प्रेममा रहेका हरेक जोडीले देखाउने ब्यबहार र गर्ने रमाइलोका बारेमा गज्जबसँग भिडियोमा देखाउन खोजेका छन् ।
भिडियोको निर्देशन तथा सम्पादन प्रबिन भट्टले गरेका हुन् । अनिल के मानन्धरको छायांकन रहेको भिडियोमा कोरियोग्राफी प्रमोद भण्डारीको रहेको छ ।
गायक स्वयमको शब्द रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।
अहिले बजारमा चलिरहका भन्दा भिन्न शैलीमा छायांकन गरेर तयार गरिएको भिडियो रिलिज भएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्देशक प्रबिनले बताए ।




प्रतिक्रिया दिनुहोस्