काठमाडौं । पत्रकार सतिश चापागाईं अमेरिकाको बाल्टिमोर बस्छन् । उतै बसेर सक्रिय पत्रकारिता गर्छन । प्रवासी नेपालीका समाचार र कथाहरु लेख्न अभ्यस्त उनी गीत पनि लेख्छन् ।
केही साताअघि नेपाल आएकाबेला सतिशलाई आफ्नै गीतमा मोडल बन्न सुर चल्यो । अनि गोदावरीतिर पुगेर गीतको भिडियो छायांकन गरे । अहिले भिडियो तयार भइ सार्वजनिक भएको छ ।
लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा ‘तिम्रो मन कोमल’बोलको उनको गीत भिडियोका रुपमा आएको छ ।
सतिशको रचना रहेको गीतमा लोकप्रिय संगीतकार आलोक श्रीले संगीत भरेका छन् ।
गीतको भिडियोमा सतिश आफैंले अभिनय गरेका छन् । नग्मा श्रेष्ठलाई जोडीका रुपमा उतारेका छन् ।
नारीको वर्णन गरिएको गीतमा नग्माले सतिशसँग सुहाउँदिलो अभिनय गरेकी छन् । सतिशले पनि अभिनयमा आफ्नो खुवी देखाएका छन् ।
आलोक श्रीकै निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन तथा विकाश दाहालले सम्पादन गरेका छन् ।
अमेरिकामा बसेर नेपलिज डायस्पोरा नामक अनलाइनको सम्पादन गरिरहेको सतिशको संगीतप्रतिको क्रेज र प्रयासलाई धेरैले तारिफ गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्