Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


गुरुराज घिमिरेको ‘मृत्युसँगको साक्षात्कार’ सार्वजनिक


13
Shares

काठमाडौं। कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन भएको छ ।

शुक्रबार भक्तपुरको कौशलटारस्थित ह्वाइट प्यालेस बैंक्वेटमा एक समारोहका बीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा.शशाङ्क कोइराला र नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा।शेखर कोइराला लगायतले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

‘मृत्युसँगको साक्षात्कार’ उनको दोश्रो कविता कीर्ति हो । सो पुस्तकमा ४० वटा कविता सम्मिलित छन् । बीएन पुस्तक संसारले बजारमा ल्याएको पुस्तकको मुल्य दुई सय रुपैयाँ रहेको छ । घिमिरेको राजनीतिमा नैतिकता ९०६९०, बन्दी जीवनका अनुभूतिहरु ९०७२०, प्रतिज्ञाको पहाड ९०७३०, लक्ष्य, यात्रा र गन्तव्य ९०७४० र मान्छेका कथाहरु ९०७६० प्रकाशित छन् । घिमिरेको डाक्टरको पुनर्जन्म ९उपन्यास० प्रकाशोन्मुख छ ।

विमोचन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशाङ्क कोइराला, नेता कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी, दिपक गिरी, बद्री पाण्डे, कमला पन्त, नेविसंघका सभापति राजिब ढुगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । साहित्यकार ज्ञानु भट्टराईले घिमिरेको पुस्तकमाथि चर्चा गरेकी थिइन् ।