Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


कास्की-२ मा ३२ मतदानस्थलबाट मतदाता परिचय वितरण सुरु


0
Shares

 प्रदिप पौडेल/ईमेज

पोखरा । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि निर्वाचन सामग्री मतदानस्थल पुर्‍याइएको छ ।

सोको लागि मतदान अधिकृतले जिल्ला निर्वाचन कार्यालय, कास्कीबाट विभिन्न ५६ प्रकारका निर्वाचन सामग्री हिजो नै बुझेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय कास्कीका सहायक प्रमुख निर्वाचन अधिकृत रामचन्द्र उपाध्याले कास्की क्षेत्र २ मा हुने उपनिर्वाचनको लागि ३२ मतदानस्थलका लागि ८२ जना मतदान अधिकृतले ५६ प्रकारका पठाएको जानकारी दिए ।

उनका अनुसार निर्वाचन सामग्रीअन्तर्गत मतपत्र, मतपेटिका, सुरक्षण सील, मतदाता परिचयपत्र मार्कर पेन, स्वस्तीक छाप रवर लगायत सामग्री प्रहरीको सहयोगमा सम्बन्धित मतदानस्थलमा पुर्‍याइएको छ । केही केन्द्रबाट मतदाता परिचय पत्र समेत वितरण गरिएको छ ।

कास्की २ को उपनिर्वाचनको लागि ३२ मतदानस्थलमध्ये ८२ मतदान केन्द्रमा उत्तिकै संख्यामा मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी कुल ४ सय १० जना कर्मचारी खटिएका हुन् ।

एउटा मतदान केन्द्रमा मतदान अधिकृत १ जना, सहायक मतदान अधिकृत १ जना, कर्मचारी २ जना र सहयोगी १ गरी कुल ५ जना रहने व्यवस्था मिलाइएको छ ।

चुनावको लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए ।

कास्की-२ मा कुल ७१ हजार ८ सय ७१ मतदाता छन् । पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडामध्ये वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ यस क्षेत्रमा पर्दछन् ।