Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


भरतपुरमा सिलिन्डर बम विस्फोट


0
Shares

चितवन । चितवनको भरतपुरमा बम बिस्फोट भएको छ ।

यही मंसिर १४ गते हुन लागिरहेको उपनिर्वाचनको संघारमा निर्वाचन हुन लागिरहेको भरतपुर वडा नं. १६ मा एकाबिहानै सिलिन्डर बम बिस्फोट भएको हो ।

बम बिस्फोट फुर्तीचोकदेखि वडा कार्यालय जाने सडक खण्डको खेतमा भएको हो । बिस्फोटबाट कुनै क्षति भएको छैन ।

बिहान करिब साढे ३ बजेको समयतिर ठूलो आवाजले बिस्फोट भएपछि स्थानीयहरु त्रसित बनेका थिए ।

बम कसले बिस्फोट गराएको हो भने खुल्न सकेको छैन । बिस्फोट भएको खेतमा टायरका टुक्रा र सिलिण्डरका टुक्राहरु भेटिएका छन् ।

यता, चितवन प्रहरीले भने कुनै बिस्फोट नभएको दाबी गरेको छ ।